पाँच देशका गैर आवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

पाँच देशका गैर आवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र



काठमाडौँ । पाँच मुलुकका गैर आवासीय राजदूतहरूले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । सिंगापुरका राजदूत सिमोन वङ वाइ कुएन, न्यूजिल्यान्डका राजदूत डेभिड ग्रेगोरी पाइन, होली सीका राजदूत मस्ट रेभिरेन्ड लियोपोल्डो गिरेल्ली, टर्कीका राजदूत फिरट सुनेल र रोमानियाकी डेनिला मारियाना सेजेनोभ तेनीले प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा राजदूतहरूले ओहदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थिति रहेको थियो ।