महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले कुवेतसँग खेल्दै

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले कुवेतसँग खेल्दै



एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने दबाब छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । तर, नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउदै विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राखेको छ ।