कोरोनाविरुद्धको खोप अभियानले पायो तिव्रता

कोरोनाविरुद्धको खोप अभियानले पायो तिव्रता



काठमाडौं । सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रता पाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ । जसका लागि देशका विभिन्न स्थानमा खोप केन्द्रहरू पनि थप गरिएको मन्त्रालयले जनाएको छ ।

कात्तिक महिनामा जम्मा ४ दिनमा १ लाखभन्दा बढीले खोप लगाएकोमा मङ्सिर लागेसँगै दैनिक झन्डै एक लाखका दरले कोरोनाविरुद्धको खोप लगाइरहेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए । हिजो मात्रै देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।