जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते



जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिएको छ ।

राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।