नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन आज

नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन आज



काठमाडौं । नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन आज हुँदैछ । अधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । महाधिवेशनमा प्रतिनिधित्वका लागि पार्टीले केन्द्रीय प्रतिनिधि तोकी डिसेम्वर ५ तारिख आइतवार अधिवेशन सम्पन्न गर्न परिपत्र गरेकाे थियो ।

नेपाली कांग्रेसको विभिन्न तह र निकायमा रही काम गर्दै हाल अमेरिकामा रहेका सबैलाई अधिवेशनमा सहभागिताका लागि समितिका सभापति आनन्द विष्टले आग्रह गरेका छन् । उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेपाली जनसम्पर्क समिति,अमेरिका स्थापनाकालदेखि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका अग्रज साथीहरु,पूर्व महाधिवेशन र महासमिति सदस्यहरु,जनसम्पर्क समिति अमेरिका केन्द्रीय समिति र च्याप्टर समिति अनि क्रियाशील सदस्य साथीहरुसहित सबै तहका सदस्य मित्रजन एवं अमेरिकास्थित आम कांग्रेस शुभेच्छुक र शुभचिन्तक अग्रज एवं सदस्य साथीहरुलाई अधिवेशन उद्घाटन समारोहमा सहभागिताका लागि नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट हार्दिक आमन्त्रण गर्दछु। ’