जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा गौतम सर्वसम्मत

जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा गौतम सर्वसम्मत



लण्डन । जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा शालिक गौतम सर्वसम्मत भएका छन् । संघको छैटौँ महाधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको आइतवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चन्द्र पौडेल, तेजेन्द्र केसी महामन्त्रीमा जितेन्द्र श्रेष्ठ र शान्ति ठोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ र सहमहामन्त्री विमा पौडेल चयन भएका छन् ।

यसैगरी, सदस्यमा विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दिपक आचार्य, पवन लामिछाने, सीता थापा, विष्णु पोखरेल, जय पुःन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मीन थापा चयन भएका छन् ।