अमेरिकामा बेरोजगारी दर उल्लेख्य मात्रामा घट्यो

अमेरिकामा बेरोजगारी दर उल्लेख्य मात्रामा घट्यो



अमेरिकामा बेरोजगारी दरमा उल्लेख्य कमी आएको छ । नोभेम्बर महिनामा बेरोजगारी दर घटेर ४ दशमलब २ प्रतिशतमा कायम भएको छ । यसअघि ४ दशमलव ६ प्रतिशत बेरोजगारी रहेको थियो । श्रमिक विभागले जारी गरेको बेरोजगारी दर घटेको सम्बन्धी तथ्यांकलाई उदृत गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिका फेरि काममा फर्किएको बताउनुभयो ।

अमेरिकामा रोजगारी सिर्जना उल्लेख्य मात्रामा वृद्धि भएको र बेरोजगारीमा दरमा अहिलेसम्मकै गिरावट आएको उहाँको भनाई छ । नोभेम्बर महिनामा मात्रै २ लाख १० हजार नयाँ रोजगारी थप गरिएको थियो । यद्यपी यो संख्या आवश्यकता भन्दा अझै कम हो । बेरोजगारी दर घटे पनि कोरोना महामारी अघि बेरोजगार बनेकाको संख्या अझै ३ दशमलब ५ प्रतिशत छ ।