१७६ वर्षको इतिहासमा न्युयोर्कमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा

१७६ वर्षको इतिहासमा न्युयोर्कमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा



अमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ । न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई प्रहरी प्रमुखका रुपमा हिजो घोषणा गर्नुभएको हो ।

न्युयोर्ककै नासाउ प्रहरी विभागमा २३ वर्षदेखि महत्वपूर्ण जिम्मेवारीमा कार्यरत किशान्त सन् २०२० मा जासुस प्रहरी प्रमुख हुनुभएको थियो ।

न्युयोर्कको प्रहरी विभाग अमेरिकाकै सबैभन्दा ठूलो प्रहरी विभाग हो । यस विभागको पहिलोपटक महिला प्रहरी कमिस्नर नियुक्तिसँगै नयाँ इतिहास रचिएको छ । लामो समय प्रहरी सेवामा रहनु भएकी अस्वेत नासाउ न्युयोर्ककै क्वीन्सवासी हुनुहुन्छ ।