यस्ताे छ- विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था

यस्ताे छ- विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था



अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ । रुसमा संक्रमण दर केही कम भए पनि मृत्युदर सबैभन्दा बढी छ । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै १ लाख २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो विश्लेषणले अमेरिकामा एकै दिनमा संक्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ भने मृत्युदर ३४ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

यसैगरी करिब दुई करोड जनसंख्या भएको मुलुक बेलायतमा दिनदिनै संक्रमण वृद्धिको नयाँ रेकर्ड कायम भइरहेको छ । बुधबार एकै दिनमा ७८ हजारभन्दा बढी संक्रमित थपिएर गत जनवरी यताकै संक्रमणको उच्च रेकर्ड कायम भएको थियो । तर विहीबार नै संक्रमण वृद्धिको अर्को रेकर्ड कायम भएको छ ।

बिहीबार एकै दिनमा ८८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएर अहिलेसम्मकै उच्च संक्रमण कायम भएको छ । फ्रान्समा एकै दिनमा ६० हजार नयाँ संक्रमित थपिएका छन् भने जर्मनीमा ५३ बढी संक्रमित थपिएका छन् ।

रुसमा पछिल्लो २४ घन्टामा २८ हजार बढी नयाँ संक्रमित थपिए पनि मृत्यु हुनेको संख्या एकै दिनमा ११ सयभन्दा बढी छ । भारत लगायतका एसियाली मुलुकहरुमा भने संक्रमण दर र मृत्यु दर दुबैमा कमी आएको छ ।