एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै

एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै



काठमाडौं । विभागीय टाेली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै गर्दा सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा छैटौँ चरणको खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा छ । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।

दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।