युनाइटेड उल्भ्ससँग स्तब्ध

युनाइटेड उल्भ्ससँग स्तब्ध



लन्डन । जुवाओ माउटिन्होको निर्णायक गोलमा उल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ । ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन । ८२औँ मिनेटमा माउटिन्होले गरेकाे गोल उल्भ्सको लागि तीन अंक बन्यो । खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित
युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएकाे खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । यसपछी ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।