सितेरियोलाई बंगलादेशमा चार स्वर्ण

सितेरियोलाई बंगलादेशमा चार स्वर्ण



काठमाडौं । बंगलादेशमा सम्पन्न बि-जी कराते च्यामिपयनसिप-२०२१ मा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक हात पारेकाे छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।

लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी छिन् । यस्तै, पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार ग्याल्मो सोमिका लामाले पनि स्वर्ण प्राप्त गरेकी छिन् । उनले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी हुन्।

नेपाली टोलीले दुई रजत र पाँच काँस्य पदक पनि जोडेको छ । पासाङ्ग तामाङले ७० केजीमा र राजदेव बमजन ६५ केजीमा रजत पदक पाएका हुन् । दुवैले कुमितेतर्फ पदक प्राप्त गरेका हुन् । यसैगरी काँस्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुल्लातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्षमुनि उमेर समूह रहेका छन् ।

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेले बिदाई गरेका थिए ।