January 22, 2022 माघ ०८ , २०७८

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

सप्तरी । अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए ।

तर, उनको मंसिरमा दुबईमै ज्यान गएको छ । उनका दुई छोरा र पत्नी छन् ।