अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा बालबालिकासहित १३ को मृत्यु

अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा बालबालिकासहित १३ को मृत्यु



अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अग्नी विभागले जनाएको छ । सर्वसाधारणको आवासीय अपार्टमेन्टको रहेको सो भवनमा स्थानीय समय अनुसार विहान ६ बजे आगलागी भएको हो ।

आगलागी हालसम्मकै भयानक भएको अग्नी विभागका प्रमुखले बताएका छन् । आगलागीको समयमा सो तीन तल्ले भवनमा २६ जना रहेको अनुमान गरिएको छ । त्यसमध्ये ८ जनालाई सकुशल नै उद्दार गरिएको छ ।

आगलागी कसरी शुरुभयो भन्ने कुरा शंकास्पद नै रहेको छ । घटनाका विषयमा छानविन भइरहेको जनाइएको छ । बालबालिका सहित ठूलो संख्यामा मानवीय क्षति भएकाले फिलाडेल्फिया शहरकै लागि सबैभन्दा दुःखद दिन भएको त्यहाँका मेयर जिम केन्नीले बताएका छन् ।