पूजा सिंह डिआइजीमा बढुवा सिफारिस

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे । बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे । सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे ।