प्रधानमन्त्री देउवा पनि होम आइसोलेशनमा

प्रधानमन्त्री देउवा पनि होम आइसोलेशनमा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा शनिबारदेखि आइसोलेशनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । माओवादी अध्यक्ष प्रचण्डलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएका थियो । दुई दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा, प्रचण्डलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगै रहेका थिए ।

अध्यक्ष प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार आइसोलेशनमा बस्ने निर्णयमा पुगेका हुन् । प्रधानमन्त्री देउवाले शनिबार बिहानमात्रै नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मासँग उनकै निवास बालकोटमा भेटेका छन् । बिहीबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।