ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती वकिलसँगको समन्वयमा छुटे

ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती वकिलसँगको समन्वयमा छुटे



काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको हो ।

आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।