पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना



धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१ झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको हो।

कैलालीका एक उच्च प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी कारले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिएपछि अगाडीको भागमा क्षति पुगेको छ । सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको र मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेको ती अधिकारीले जनाकारी गराए ।