मेडिकल कलेजले अतिरिक्त शुल्क लिए नलिएकोबारे बुझ्न छलफल हुँदै

मेडिकल कलेजले अतिरिक्त शुल्क लिए नलिएकोबारे बुझ्न छलफल हुँदै



काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिएको वा नलिएको विषयमा स्पष्ट हुन सरोकारवालासँग छलफल गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज यस विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन् । तोकिएकोभन्दा बढी शुल्क लिएको विषयमा छानबिन गर्न चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, सम्बन्धित विश्वविद्यालय, कलेजका सञ्चालक र बढी शुल्क लिएको गुनासो गर्ने अभिभावक तथा विद्यार्थीसँग छलफल गर्न लागेको मन्त्री पौडेलले जानकारी दिए ।

उनले हिजो विद्यार्थी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा जथाभावी शुल्क उठाउने मेडिकल कलेजहरूले शक्ति केन्द्र धाएर कानुन विपरीतको काममा छुट नपाउने बताएका थिए । काठमाडौँको केएमसी कलेज र विराटनगरको नोबेल कलेजले तोकिएकोभन्दा धेरै रकम लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।