एनआरएनएद्वारा सुदूरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण

एनआरएनएद्वारा सुदूरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण



धनगढी । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको एक टोलिले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गरेको छ । हरेक प्रदेशलाई ब्लड बैंक बस हस्तान्तरण गर्ने योजना अन्तर्गत संघले सुदुरपश्चिम प्रदेशलाई लक्षित उक्त मोबाइल बस प्रदान गरेको हो । संघको यो अभियानको संयोजन सचिव गौरीराज जोशीले गरिरहेका छन ।

अध्यक्ष पन्तसहित पुर्व अध्यक्ष जिवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओलीलगायतको टोलीले धनगढीमा आयोजित एक कार्यक्रममा बस हस्तान्तरण गरेको हो ।

एनआरएनएको सुदुर पश्चिम मोबाइल ब्लड बैंक बस अध्यक्ष कुमार पन्तद्वारा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई सोमवार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । सोही क्रममा उक्त टोलिले सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङसँग भेट गरेको छ ।