आजदेखि उपत्यकामा भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक

आजदेखि उपत्यकामा भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक



काठमाडौँ- गृहमन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड –१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो ।

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने लगाएतका व्यवस्थाहरु कार्यान्वयनका लागि सिफारिस गरेको थियो । सोही आधारमा सरकारले गरेको निणर्यलाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बताए । कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै उहाँले त्यसबारे संवेदनशील भएर काम गर्न निर्देशन पनि दिए ।