मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना

मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना



काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको हो । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।

मतदान गर्न

बाँकी