शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम बन्द गरेको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि खोप सेवा बन्द गरिएको हो ।

अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्षण देखिएका व्यक्तिहरूलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको हो ।

काठमाडौंका वीर, टिचिङ, पाटन लगाएत सबै अस्पतालका स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा उपचारमा नै समस्या भएको छ भने देशभरका सबैजसो स्वास्थ्य संस्थामा यो समस्या देखिएको छ ।