अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा



गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो ।

जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए । अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् ।