काठमाडौं । कर्मचारीहरुको गलतढंगले समायोजन गरिएको भन्दै शाखा अधिकृतहरुले दिएको निवेदन उपर सर्वोच्च अदालतले आज फैसला गरेको छ ।
सर्वोच्च अदालतले समायोजनमा परेर सम्बन्धित प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको हो ।
आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्चले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोकिएको विषयमा भने बाटो खुलाइदिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार अब लोकसेवा आयोगले नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गर्नुपर्नेछ भने बाँकी परीक्षार्थीहरुको लिखित परीक्षा लिनुपर्नेछ ।
हेर्नुहोस् फैसला








प्रतिक्रिया