८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १५ जनाको मृत्यु

८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १५ जनाको मृत्यु



काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको हो ।

यस्तै आज कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । ५२९२ जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।