कोरोना संक्रमण स्थिर, मृत्यु संख्यामा उल्लेख्य वृद्धि

कोरोना संक्रमण स्थिर, मृत्यु संख्यामा उल्लेख्य वृद्धि



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ जनामा गरिएको नमूना परीक्षणमा ८ हजार १७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मृत्युमा भने उल्लेख्य वृद्धि भएको छ । २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ हजार २ सय ९२ जना निको भएर घर फर्किएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ ।