वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी



वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी खेलमा इंग्ल्याण्ड विजयी भएको छ । चौथो खेल पाहुना टोली इंग्ल्याण्डले ३४ रनले जितेको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रनमात्र बनाउन सक्यो ।

उसका लागि काइल मेयर्सले ४० तथा ज्यासन होल्डरले ३६ रन बनाए । बलिङमा इंग्ल्याण्डका मोइन अलीले २ विकेट हात पारे । यसअघि बार्बाडोसमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ९३ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान मोइन अलीले ६३ र ज्यासन रोयले ५२ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै जेम्स भिन्स ३४ रनमा आउट भए । बलिङमा वेष्ट इण्डिजका ज्यासन होल्डरले तीन विकेट हात पारे । यससँगै ५ खेलको श्रृंखला २-२ को बराबरी भएको छ ।