इमर्जिङ्ग नेपालको आईपीओ आजदेखि बिक्री खुला

इमर्जिङ्ग नेपालको आईपीओ आजदेखि बिक्री खुला



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । शेयर खरिदका लागि बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी ५० करोड ४० हजार रुपैयाँ रहेको छ । आईपीओ पश्चात यो पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।