फेब्रुअरी अन्त्यसम्म एमसीसी पास नभए फिर्ता लैजाने अमेरिकी चेतावनी

फेब्रुअरी अन्त्यसम्म एमसीसी पास नभए फिर्ता लैजाने अमेरिकी चेतावनी



काठमाडौं । अमेरिकाले फेब्रुअरी अन्त्यसम्म नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित नगरे फिर्ता लाने बताएको छ । एमसीसी मुख्यालयले उक्त अवधिमा नेपालले एमसीसी पारित नगरे फिर्ता लैजाने चेतावनी दिएको हो । एक भर्चुअल अन्तर्क्रियामा एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल स्वयंले फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएकाले त्यसपछि नपर्खिने बताएकी हुन् ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको हुँदा फेरि समय थप्न नसकिने सुमारको भनाइ छ । अब फेरि ढिला गर्ने कुनै बाहना स्वीकार नहुने अमेरिकी अडान छ । माओवादी केन्द्र वा एकीकृत समाजवादीले चाहेजस्तो एमसीसी परियोजनामा कुनै फेरबदल नहुने पनि सुमारले स्पष्ट पारेकी छन् ।

उपाध्यक्ष सुमारले नेपालजस्तै थुप्रै मुलुक एमसीसी परियोजना लिन पर्खिरहेकाले उनीहरुलाई अझ कुराउन नसकिने सुमारको भनाइ छ ।