चार देशीय टी–२० क्रिकेटमा आज नेपाल र युएई भिड्दै

चार देशीय टी–२० क्रिकेटमा आज नेपाल र युएई भिड्दै



काठमाडौं । चार राष्ट्र सहभागी टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । टी–२० श्रृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग खेल्न लागेको हो । युएईविरुद्ध पछिल्लो तीन भेटमा नेपालले दुई खेल जित्दा एकमा हार व्यहोरेको छ ।

नेपालको लक्ष्य आज लगातार दोस्रो जित निकाल्ने हुनेछ । पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । अल अमरेत क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे शुरू हुनेछ ।

आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय श्रृङ्खला खेलिरहेको छ । चारदेशीय अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी श्रृङ्खलाको हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।