पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ८ सय ३६ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यो संगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १६६, चितवनमा ३६, ललितपुरमा ३१, कास्कीमा २१, सुनसरीमा १८, काभ्रेपलाञ्चोकमा १६, मोरङमा १४, भक्तपुर, धादिङ, रुपन्देही र अछाममा १०र१० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, आज १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३४ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ५४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।