पछिल्लो २४ घण्टामा ७४७ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा ७४७ कोरोना संक्रमित थपिए, ८ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् । यसैगरी, कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने दुई हजार ३१९ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।