युक्रेनले सीमाबाट केही सेना फिर्ता गरेपछि बाइडेनले भने–रुसी आक्रमणको सम्भावना अझै धेरै

युक्रेनले सीमाबाट केही सेना फिर्ता गरेपछि बाइडेनले भने–रुसी आक्रमणको सम्भावना अझै धेरै



एजेन्सी/न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि अमेरिकी हमलाको ‘निकै धेरै’ सम्भावना भएको बताएका छन् । रुसले युक्रेनको सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको बताइरहेका बेला राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै धेरै रहेको दाबी गरेका हु्न् ।

सीमाबाट केही सेना फर्किएको भन्ने विषय पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’

अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’ बाइडेनले बताए ।

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’  हुन आवश्यक भएको बताएका छन् ।