रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा सल्लाहकार समिति गठन

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा सल्लाहकार समिति गठन



नातिबाबु भट्ट

कोलोराडो, अमेरीका । कोलोराडोमा सक्रिय नेपालीहरुको जेठो संस्था रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितीको बैठकले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

यसरी संस्थाको कार्यसमितिको बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा डा. अनिता थपलिया, मणि बस्नेत, भरतराज जोशी, सुदर्शन अधिकारी, मनोजकाजी तुलाधर रहेका छन् ।

कोलोराडोको नेपाली समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउनु हुने महानुभावहरुलाई समेटेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष टिका पौडेलले बताएका छन् ।
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, नयाँ बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचानकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकारसंग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरुसंग समन्वय गरि सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।