अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट



मस्को । युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी  एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् । युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको छ । 

पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले  ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे ।‘त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की  त्यो गलत हो’, उनले भने ।