यी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर

यी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर



काठमाडौं । विश्व क्रिकेटमा खेलाडीहरूको चर्चा धेरै हुन्छ । खेल प्रदर्शनदेखि उनीहरूको पारिवारिक अवस्थासम्म । धेरै क्रिकेटरहरूको विवाहलाई लिएर चर्चा परिचर्चा भइरहन्छ। कतिपय क्रिकेटर विवाहपछिका प्रेमले चर्चामा पर्ने गरेका छन् भने कही सम्बन्ध विच्छेद गरेका महिलासँग विवाह गरेका कारण चर्चामा छन् ।

यी हुन् सम्बन्ध बिच्छेद भएका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर :-

शिखर धवन
शिखर धवनले सन् २०१२ मा आयशा मुखर्जीसँग विवाह गरेका थिए। आयशा मेलबर्नकी एक ब्रिटिश बंगाली हुन् । पहिलो विवाहपछि आयशाले सम्बन्ध बिच्छेद गरेकी थिइन्।उनका पहिलो श्रीमानबाट दुई छोरी पनि छन् । आयशा शिखरभन्दा १० वर्ष जेठी छिन्। शिखर र आयशाको पनि गत वर्ष सम्बन्ध विच्छेद भएको थियो । उनीहरू एक छोरा पनि छन्।

अनिल कुम्बले
भारतका चर्चित लेग स्पिनर अनिल कुम्बलेकी श्रीमतीको पनि पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद भएको थियो । चेतना नामकी यी महिलासँग कुम्बलेले सन् १९९९ मा विवाह गरेका थिए।

मोहम्मद शामी
यो सूचीमा भारतीय तीव्र गतिका बलर मोहम्मद शामीको नाम पनि आउँछ । शामीले २०१४ मा हसिन जहाँसँग विवाह गरेका थिए । तर, अहिले यी दुईबीचको सम्बन्ध राम्रो छैन् । र, दुवै अलग बस्छन् । हसिनले पहिलो श्रीमानसँग पनि सम्बन्ध बिच्छेद गरेकी थिइन् ।

मुरली विजय
भारतीय ब्याट्सम्यान मुरली विजयले निकिता भान्जारासँग विवाह गरेका थिए । निकिता टिम भारतीय खेलाडी दिनेश कार्तिककी पहिलो पत्नी थिइन् । तर, पछि कार्तिकसँग सम्बन्ध बिच्छेद गरी विजयसँग विवाह गरिन् ।

बैंकटेश प्रसाद
भारतीय टीमका पूर्व तीव गतिका बलर बैंकटेश प्रसादले पनि सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरेका थिए ।

सन् १९९६ मा बैंकटेश प्रसादले पहिलो पतिसँग सम्बन्ध बिच्छेद गरेकी जयन्ती नामकी महिलासँग विवाह गरे । यी दुईको भेट क्रिकेटर अनिल कुम्बलेले गरेका थिए।