तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै

तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै



काठमाडौं । विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध मैदान उत्रदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ । यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । दुबै टोली छनोटको सेमिफाइलनमा पुगे पनि पराजित हुँदै अस्ट्रेलियामा अक्टोबरदेखि सुरू हुने विश्वकपमा स्थान बनाउन असफल भए ।

नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रन र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो । सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।