युक्रेनका नेपालीको तत्काल उद्धार गर्न आग्रह

युक्रेनका नेपालीको तत्काल उद्धार गर्न आग्रह



मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गरेका छन् । डा. केसीले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालको उद्धारको पहलको लागि आग्रह गरेका हुन् ।

‘युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं । रसिया र युक्रेनबीचको द्वन्दमा त्यहाँ रहेका नेपालीहरु त्रशित छन् । द्वन्दको बेला सर्वसाधारणमाथि हमला गरिने छैन् ‘ उल्लेख गरेका छन् ।

सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्बसाधारणको जिवनमा खासै खतरा छैन् भन्ने सरकारी दावी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसंग सम्पर्क रहदै आएको डा. केसीले जनाए । केसीका अनुसार हाल सम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल छन् ।