विखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाद्वारा युक्रेन अतिक्रमणको प्रयास

विखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाद्वारा युक्रेन अतिक्रमणको प्रयास



न्युयोर्क । युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झुटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्विरहरु बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अतिक्रमणको बहानाका लागि रसियाले झुटो विकल्पबारे सोचिरहेको उनीहरुको दाबी छ ।

तर, रसियाले अमेरिकी अधिकारीहरुको दाबीमा कुनै सत्यता नभएको जनाएको छ । आफूले अमेरिकाले दाबी गरे जस्तो कुनै त्यस्तो झुट सांकेतिक कारबाहीको योजना नगरेको रसियाले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभयले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । ‘रसियालाई उत्तेजक बनाउने यो पहिलो प्रतिज्ञा होइन,’ उनले भने, ‘यसअघि पनि यस्तै भनिएको थियो, तर केही भएन ।’

युक्रेनको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि अमेरिका र नेटो फौजले चासो देखाएका छन् । रुसले युक्रेन हमलाको योजना गरेको उनीहरुले अनुमान गरेका छन् ।