आन्तरिक हवाई उडानमा भाडा वृद्धि, गाडी भाडा बढाउन व्यवसायीको माग

आन्तरिक हवाई उडानमा भाडा वृद्धि, गाडी भाडा बढाउन व्यवसायीको माग



काठमाडौं । आन्तरिक हवाई उडानको भाडा वृद्धि भएको छ भने गाडी भाडा वृद्धि गर्न यातायात व्यवसायीले माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ । हवाइ उडानको भाडा वृद्धिसँगै यातायात व्यवसायीले पनि भाडा वृद्धि गर्ने माग अघि सारेका हुन् ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी भाडा बढाएको हो । सङ्घले एक सय पाँच रुपैयाँदेखि चार सय ४५ सम्म वृद्धि गरेको सङ्घले जनाएको छ । २७ असार २०७८ मा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल–पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।