अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने

अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने



अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा आज इजिप्ट र सेनेगल भिड्ने छन् । क्यामरुनमा हुने यो खेललाई इंग्लिस फुटबल क्लब लिभरपुलका दुई स्टार खेलाडीहरु मोहम्मद सलाह र साडियो मानेको भिडन्तको रुपमा ब्याख्या गरिएको छ ।

सलाह इजिप्टका सबैभन्दा प्रभावशाली खेलाडी हुन् भने मानेले यही प्रतियोगितामा सेनगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको किर्तीमान बराबरी गरेका छन् । आजको खेलमा गोल गरेको खण्डमा उनी सेनगलका लागि सर्वाधक ३० गोल गर्दै अहिलेसम्मका सबैभन्दा सफल खेलाडी बन्नेछन् ।

इजिप्टले अलिहेसम्म ७ पटक अफ्रिका कप जितेको छ भने सेनेगल पहिलो उपाधिको खोजीमा छ । सेमिफाइनलमा क्यामरुनलाई हराउँदै इजिप्ट तथा बुर्किना फासोलाई हराउँदै सेनगल फाइनलमा पुगेका हुन् ।

यसैबीच, अफ्रिका कप फुटबलको तेस्रो स्थानको लागि भएको खेलमा क्यामरुन विजयी भएको छ । बुर्किना फासोलाई पेनाल्टी सुट आउटमा हराउँदै आयोजक क्यामरुनले तेस्रो स्थान हात पारेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा क्यामरुनका भिन्सेन्ट अबुबाकर, मौमी एनगामलेउ, कार्ल टोको, पिएरे कुन्डो र एमब्रोइसले गोल गरे भने बुर्किनाका इसा काबोरे, सोउमैला क्वाटरा र स्टिभ योगाले गोल गर्दा ब्लाटी टुरेले गोल गर्न चुके ।