युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी



न्युयोर्क । रसियाले आगामी साताहरुमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी संकट उत्पन्न हुने अधिकारीहरुले जनाएका छन् ।

रसियाली भूमिमा मध्येजनवरीदेखि हिउँ पर्ने र यसले मस्कोलाई अझै ठूला हतियार लैजान सहयोग मिल्ने अमेरिकी गुप्तचर निकायको सूचनालाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमहरुले यस्तो जानाकारी दिएका हुन् । युक्रेनसँगको सीमामा रसियाले १ लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरेको छ ।