नेपाली घरको नव निर्वाचित पदाधिकारीलाई कार्यभार हस्तान्तरण

नेपाली घरको नव निर्वाचित पदाधिकारीलाई कार्यभार हस्तान्तरण



-नातिबाबु भट्ट-

कोलोराडो अमेरीका । कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको नव निर्वाचित कार्यसमितीका पदाधिकारीलाई एक समारोह बिच कार्यभार हस्तान्तरण गरिएको छ । ब्रुमफिल स्थित जाईकामा रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा नव निर्वाचित अध्यक्ष जगदिशचन्द्र ढकाललाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

आगामी २ बर्षे कार्यकालको लागी हालै सम्पन्न निर्वाचनमा कार्यसमितीका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । संस्थाले कार्यसमितीको निर्वाचन सम्पन्न गर्न डा.संगीता श्रोत्रियको संयोजकत्वमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुबेदी रहेको तिन सदस्सिय निर्वाचन समिती गठन गरेको थियो ।

कार्यक्रममा निर्वाचन समितीका सदस्य कपीलदेव सुवेदीले नव निर्वाचित कार्यसमितीका पदाधिकारीको नाम पढेर सुनाएका थिए भने, भुषणलाल श्रेष्ठले निर्वाचित सबैलाई सफद खुवाउदै निर्वाचित भएको प्रमाण पत्र बितरण गरेपछि संस्थाको कार्यभार हस्तान्तरण गरिएको थियो ।

यसरी निर्वाचितहुने पदाधिकारीहरुमा अध्यक्ष जगदिशचन्द्र ढकाल, उपाध्यक्षहरुमा क्रमस बसन्त लम्साल, नवराज मरासेनी, संजयसीङ केशी, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर श्री कुंबर, कम्युनिकेशन अफिसर नातिबाबु भट्ट, कल्चर तथा ईभेन्ट अफिसर आशिस कटुवाल, रिसोर्स तथा फेसीलीटी अफिसर अर्जुन केसी र महीला रिप्रेन्जेटिभ आरती न्यौपाने थापा रहेका छन् । त्यसैगरी बोर्डअफ डिरेक्टरहरुमा प्रमोद श्रेष्ठ, उत्तरा बराल, पुस्कर बस्नेत, कृष्ण काफ्ले, दिपक ढकाल, देभाश्री बस्याल र अमुदा मीश्र रहेका छन् ।

कार्यभार हस्तान्तरण पछि कार्यक्रममा उपस्थित अतिथीहरुले नव निर्वाचित कार्यसमितीलाई सुभकामना मन्तब्य दिएका थिए । यसरी सुभकामना मन्तब्य दिनेहरुमा समाजसेवी डा. विजयराज शर्मा, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल, एनआरएन अमेरीका कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्थ, मगर संघ अमेरीका कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारी लगायतका रहेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार सदस्यहरु, संस्थापक सदस्यहरु, पुर्व पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

अतिथी सबै बक्ताहरुले नया कार्यसमितीको कार्यकालको सफलता सुभकामना दिदै नेपाली सामुदायिक भवन खरिदको लागी सधै साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए । संस्थाका सल्लाहकार राजेन्द्र शर्माले स्वागत मन्तब्य दिएका कार्यक्रम महासचिव बसन्त लम्सालले संचानल गरेका थिए ।

कार्यक्रमका सभापति एबं निबर्तमा अध्यक्ष लछुमन रानाले नेपाली सामुदायिक भवन खरिद प्रकृयामा हालसम्म भएको प्रगती बिवरण प्रस्तुत गर्दै, सामुदायिक भवन खरिद प्रकृयालाई यहासम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैलाई दिए । त्यसैगरी उनले संस्थाको बिधानमा रहेर निर्वाचन सफलताको साथ सम्पन्न गरेकोमा निर्वाचन समितीलाइ पनि धन्यवाद दिए । सोही कार्यक्रममा संस्थाको सल्लाहकार समितीका सदस्यहरु पुरुषोत्तम पाण्डे, रामप्रसाद श्रेष्ठ, टिका सिटौला, राजेन्द्र शर्मा र समाजसेवी डा.विजयराज शर्माबाट संयुक्त रुपमा निर्वाचन समितीका सबै सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

यसैगरी कार्यक्रममा कोषाध्यक्ष भोला कटुवालले संस्थाको आर्थिक स्थिती प्रकास पार्दै सामुदायिक भवन खरिदको प्रकृया अन्तिम चरणमा भएकोले यस अभियानमा जोडीएर यथासक्य सहयोग गर्न सबैलाई अनुरोध गरे । त्यस्तै नवनिर्वाचित अध्यक्ष जगदिशचन्द्र ढकालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसैगरी सबैको साथ र सहयोग भएमा नेपालीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवनले छिटै मुर्तरुप पाउने बिश्वास दिलाए ।

नेपालीहरुको भाषा, संस्कृती, सहन भेष भुषाको संरक्षणार्थ एक नेपाली सामुदायिक भवन निर्माण गर्न 4001 W 76th. Ave. Westminster, Co 80030 मा रहेको करीब 2.17 एकड़ जग्गामा रहेको चर्च भवन खरीद प्रकृया अगाडी बढाएको यस संस्थाले सबै संघ संस्था तथा समुदायहरु संग हातेमालो गर्दै अगाडी बढ्दै आएको छ । यस अभियानमा जोडिएर यथासक्य सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।