पछिल्लो २४ घण्टामा १,९५७ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १,९५७ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु



काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) १ हजार ९५७ जनामा संक्रमण भएको छ भने थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।