युक्रेनबाट ५३३ नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का

युक्रेनबाट ५३३ नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिए । हिजाे सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५ सय ३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका हुन् । उनका अनुसार उद्धार गरिएकाहरुमध्ये ४ सय २७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन् ।

प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिदै उनले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, उनले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिए । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो ।