संवैधानिक आयोगको नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक आयोगको नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

अर्को सुनवाइ बुधबार


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आज सुनुवाइ सुरु भएकोमा अर्को सुनुवाइ आगामी बुधबार गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबारको सुनुवाइमा अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो ।

सुनुवाइमा अर्याल, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका थिए । संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्धका रिट निवेदनका निवेदकलाई १–१ घण्टाको समय छुट्याइएको छ ।

बहसका क्रममा अधिवक्ता अर्यालले संविधानको व्यवस्था मासेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएको तर्क गरेका थिए ।

राज्य कब्जा गर्ने नियतका साथ संविधानमाथि जालसाजी गरेर अध्यादेश ल्याएर नियुक्ति गरिएको थियो । त्यो अध्यादेशका परिणाम भयावह भएका छन्, उनले भनेका थिए ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।