कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा संशय रहेका बेला कांग्रेसको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हाे । संम्भवतः यो विषयले पनि छलफलमा स्थान पाउने एक नेताले ग्लोब नेपाललाई बताए । उनले भने, वर्तमान राजनीतिको विश्लेषणसहित स्थानीय निर्वाचनमा गठबन्धन गर्ने, नगर्ने विषयमा समेत छलफल हुनसक्छ ।