रुपन्देही सुपर लिग : खुकरी क्लबलाई सफलता

रुपन्देही सुपर लिग : खुकरी क्लबलाई सफलता


ग्लोब नेपाल
54
Shares

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलमा लुम्बिनी खुकुरी क्लबले सफलता पाएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४ दशालव एक ओभरमा एक सय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन बनाए । भने एमसीसीका रोशनलाल गुप्ताले चार, रमेश कुर्मी, सन्तोस यादव र सबिन शाक्यले समान दुई विकेट लिए ।

एक सय ५४ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको एमसीसी २४ ओभरमै समेटिएर ६२ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको एमसीसीले ९१ रनान्तरले हार ब्यहोर्नु प-यो । जसका लागि रोसनलाल गुप्ताको एकल प्रयासमा सर्वाधिक २८ र सुशान्त थापाले १२ रनको योग्दान गरे । टिमका लागि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेपछि हारको सामना गर्नु प¥यो । दुर्गेश गुप्ताले चार, अजयकुमार चौहानले तीन र लालबहादुर अधिकारीले दुई विकेट लिए ।

सनिबारको खेलमा लुम्बिनीका दुर्गेश गुप्ता म्यान अफ द म्याच बने । आइतबार बुद्ध क्रिकेट क्लब र वेस्टर्न क्लबबीच प्रतियोगिता हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।