भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता

भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता


ग्लोब नेपाल
216
Shares

भैरहवा । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन।

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन् ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भाेटकाे अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपाेर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौ भए ।